नियम ३४
आयोगको बैठकबाट अनुमोदन गर्ने गरी लेखी पठाउन सक्ने
संविधानको धारा १५४ को उपधारा (१) तथा ऐनको दफा १० को उपदफा (१) बमोजिम संघीय न्याय सेवाको राजपत्रांकित अधिकृतको पदमा नियुक्ति तथा पदस्थापनाको सिफारिस सम्बन्धमा तत्काल न्याय सेवा आयोगको बैठक बस्न सक्ने अवस्था नभएमा न्याय सेवा आयोगको बैठकबाट पछि अनुमोदन गर्ने गरी अध्यक्षको निर्देशनमा सचिवले नियुक्ति तथा पदस्थापनाको लागि लेखी पठाउन सक्नेछ ।